अर्थ

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड

वर्ल्डलिङ्कले कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड हासिल गरेको छ।  कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक ‘द एचआइएम नेपाल अवार्डस फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड दिने गरिएको छ। यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रोत्साहित हुने आयोजकको अपेक्षा छ।

अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटाइजेसनमा वल्र्डलिंकले देखाएको प्रतिबद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानी, सेवाको पहुँच लगायतका क्षेत्रलाई आधार मानेको कम्पनीले जनाएको छ। यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, व्यावसायिक उत्तरदायित्व जस्ता विषय समेत मूल्याङ्कन गरिएको कम्पनीले बताइएको छ। 

प्रकाशित: २० पुस २०७९ ०३:२४ बुधबार

कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड