अर्थ

पोखरा-काठमाडौं रुटमा शौचालय सहितको बस

काठमाडौं—काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ। 

‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो। उक्त बसका सञ्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको सङ्ख्या बढेको बताउँछन्। 'शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्', उनले भने।

नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ यस्ता बस सञ्चालनमा ल्याएको बताए। उक्त बस सञ्चालनबाट केटाकेटी र वृद्धवृद्धालाई बढी सहज भएको छ। 

सो बसमा काठमाडौँदेखि पोखरासम्मको भाडा रु ७०० रहेको छ। पोखरा-काठमाडौं रुटमा नेपालकै सबैभन्दा सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन हुँदै आएका छन्।

 

प्रकाशित: ५ श्रावण २०७३ १३:३७ बुधबार

पोखरा-काठमाडौं रुटमा शौचालय सहितको बस