अर्थ

हुन्डाई युरो कप भविष्यवाणी प्रतियोगिताको विजेता पुरस्कृत

काठमाडौं—नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरो कप २०१६ को अवसरमा आयोजित युरो कप भविष्यवाणीका विजेताहरुलाई श्रावण ३ गते थापाथली स्थित शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको छ।

सो प्रतियोगितामा शोयोग राणा, महेश रेग्मी र अभि गुप्ता ग्य्राण्ड विजेता भएका छन्। अशोक सापकोटा पृथ्वी, अनिशा बटाजु र आशिश मानन्धर टुर्नामेन्ट विजेता हुन सफल भएका छन्। लक्ष्मी हुन्डाईको वेबसाइट मार्पmत सो भविष्यवाणी खेल जेठ २४ देखि असार २६ सम्म खेलाइएको थियो।

प्रतियोगिताको सहभागीहरुले युरो कप २०१६ सँग आधारित विभिन्न नतिजाहरुको भविष्यवाणी गर्नुपर्ने थियो। प्रथम स्थान हासिल गरेका श्री शोयोग राणाले ४० इन्च सामसङ एलइडी टिभी, दोस्रो स्थानका महेश रेग्मीले ३२ इन्च सामसङ एलइडी टिभी र तेस्रो स्थानका अभि गुप्ताले सामसङ जे फाइभ मोबाइल फोन प्राप्त गरेका छन्।

साथै सर्वाधिक गोलकर्ताको भविष्यवाणी गर्ने अशोक सापकोटा पृथ्वी, उत्कृष्ट खेलाडी भविष्यवाणी गर्नेमा अनिशा बटाजु र युरो कप २०१६ को विजेता भविष्यवाणी गर्नेमा आशिश मानन्धर टुर्नामेन्ट विजेता हुँदै सामसङ जे सेभन मोबाइल फोन प्राप्त गरेका छन् । यस प्रतियोगितामा लगभग २५००० जनाको सहभागिता रहेको थियो।

सोही अवसरमा हेल्लो हुन्डाई ओनर्स कार्यक्रममा विजयी भई युरो कप २०१६ को फाइनल हेर्न जाने अवसर पाएका अमीत श्रेष्ठ र राजेन्द्र गुरुङ्गले आफ्नो फ्रान्स भ्रमणको अनुभव सुनाएका थिए।

प्रकाशित: ४ श्रावण २०७३ ०३:२२ मंगलबार

हुन्डाई युरो कप भविष्यवाणी प्रतियोगिताको विजेता पुरस्कृत