अर्थ

एक आर्थिक वर्षभर कर्मचारी सरुवा नहुने

काठमाडौँ– सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा आज बसेको सचिवहरुको बैठकले कर्मचारीसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय/निकायमा खटाउने र त्यसरी खटाइएका कर्मचारीलाई सो आवभर सरुवा नगर्ने व्यवस्था मिलाइने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। रासस

प्रकाशित: ३ श्रावण २०७३ १४:२८ सोमबार

आर्थिक वर्षभर कर्मचारी सरुवा नहुने