अर्थ

शेयर धितो कर्जामा कडाइ, बजारमा देखिएन असर, २७ अंककाे वृद्धि

काठमाडाैं– राष्ट्र बै‌कले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले सेयर कर्जा धितोमा कडाइँ गरे पनि त्यसको असर सेयर बजारमा देखिएन। नयाँ नीतिअनुसार बैंकहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन (मार्जिन लेन्डिङ) प्रकृतिको कर्जामा शेयरको मूल्यको ५० प्रतिशत मात्र कर्जा पाउनेछन् । यसअघि शेयर मूल्यको ७० प्रतिशतभन्दा बढी कर्जा बैंकहरुले उपलब्ध गराउँदै आएका थिए।

यस्तो धितोमा कर्जा प्रवाह गर्दा पछिल्लो १ सय ८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा शेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसैलाई आधार बनाएर ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउने पर्ने नीतिमा उल्लेख छ।

शेयर धिता कर्जामा केन्द्रीय बैंकले गरेको यस्तो कडाइले बढिरहेको शेयर बजारलाई नकारात्मक असर पार्न सक्ने जानकारहरुको भनाइ छ। तर मौद्रिक नीति घोषणा भएकै दिन शेयर कारोबार झनै उल्लेख्य सुधार आएको छ।

शेयर काराेबारकै समयमा अाएकाे माैद्रिक नीतिमा समावेश भएकाे शेयर धिताे कर्जाकाे विषयलार्इ अधिकांश लगानी कर्ताले ध्यान नदिएकाे र थाहा पाउनेहरूले पनि यस तथ्यलार्इ बेवास्ता गरेका कारण त्यस्ताे देखिएकाे जानकारहरूकाे विश्लेषण छ। शेयर धिताेमा धिताे मूल्यकाे अाधा मात्र ऋण पाइए पनि शेयर मूल्य भने नघट्ने भन्दै लगानीकर्ताहरू ढुक्क देखिएका छन्।

मौद्रिक नीति घोषणा भएको दिन अर्थात् शेयर कारोबार साताको अन्तिम दिन बिहीबार करिब १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जबकी अघिल्लो दिन बुधबार रु. १ अर्ब ९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

बिहीबार ६ हजार १ सय १९ ओटा कारोबारमार्फत २५ लाख ४० हजार ६ सय ५८ कित्ता शेयर कारोबार भए। यस दिन कारोबारमा आएका सबै समुहको परिसूचक हरियो रहे। सबैभन्दा बढी जलविद्युत् समूहको समूहगत परिसूचक ६३.७५ अंकले बढ्यो। त्यस्तै, बीमा ३७.४४, अन्य समूह ३२.१, म्यानुफ्क्चरिङ ३०.६९, विकास बैंक २८.९८, बैंकिङ २६.०७, होटल १०.४५ र वित्त समुहको परिसूचक ८.०१ अंकले उकालो लागे।

बुधबारको कारोबारपछि १६९०.४३ अंकमा पुगेर स्थिर भएको शेयर परिसूचक बिहीबारको कारोबारपछि २७.२७ अंकले बढेर १७१८.१५ अंकमा उक्लिएको छ।

 

प्रकाशित: ३० असार २०७३ १०:२७ बिहीबार

शेयर धितो कर्जामा कडाइ बजारमा देखिएन असर २७ अंककाे वृद्धि