अर्थ

सुपथ मूल्यमै एक्जाभेटर

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ। यस योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्ने तथा नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रूपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रूपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका कम्पनीको दाबी छ।

यस्तै कम्पनीले ‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको जनाएको छ। साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था रहेको बताएको छ। 

प्रकाशित: १५ पुस २०७९ ०३:०४ शुक्रबार

सुपथ मूल्यमै एक्जाभेटर ‘हुन्डाइ स्मार्ट प्रमिस’