अर्थ

स्मिरनोफ भोड्काको उत्पादन अब नेपालमै

नेपाल लिर्कसले ‘स्मिरनफ’ भोड्का सार्वजनिक गरेको छ। कम्पनीले यो भोड्का नेपाल मै उत्पादन गर्न थालेको छ। विराटनगरको कारखानाबाट भोड्का उत्पादन भइरहेको कम्पनीले जनाएको छ।  

कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी १० पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण भइरहेको जनाएको छ। सञ्चारकर्मी सुरजसिंह ठकुरी स्मिरनफ नेपालको ब्रान्ड एम्बेसडर रहेका छन्।

नेपाल लिकर प्रालिले एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर-रेयर ह्विस्की, मिस्टर डोवेलको नम्बरवान लक्जरी ह्विस्की, ब्लु–रिब्यान्ड जिनलगायतका ब्रान्डका मदिराहरू बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार विश्वका १३० भन्दा बढी देशमा बिक्री हुने स्मिरनफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध छ भने यसको मूल्य क्रमश २२००, ११०० र ५५० रूपैयाँ रहेको जनाएको छ।

प्रकाशित: १३ पुस २०७९ ०२:४६ बुधबार

नेपाल लिर्कसले ‘स्मिरनफ’ भोड्का