अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज छापावाल सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य दुई सयले बढेको हो।

सोमबार प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेको महासंघले जनाएको छ।  

प्रकाशित: १२ पुस २०७९ ०६:४८ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ