अर्थ

अाँखुखाेला कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने

काठमाडौँ– आँखुखोला जलविद्युत् कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ।

कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु. १ सय अङ्कित मूल्यका ८ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिनुभयो ।

धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्र्न अनुमति दिने तयारी गरेको छ।

यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ। धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ। आयोजनाको कुल लागत रु. ४ अर्ब ३७ करोड रहेको छ।

कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । रासस

 

प्रकाशित: २३ असार २०७३ १०:३२ बिहीबार

अाँखुखाेला कम्पनीले कित्ता साधारण सेयर जारी गर्ने