अर्थ

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

काठमाडौँ– सेयर बजार ओरालो लाग्ने क्रम साेमबार पनि जारी रह्यो। नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ।

आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो ।

सेयर बजारको मापक निकाय नेपाल स्टक एक्चेन्जका अनुसार आज १४० कम्पनीको रु एक अर्ब ५४ करोड २० लाख सात हजार २३६ कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत कम भएको छ । विभिन्न कम्पनीका १८ लाख १७ हजार २७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज विकास बैंक र फाइनान्स समूहबाहेक अन्य समूहको सेयर ओरालो लागेको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, होटल ०.३३ प्रतिशत, जलविद्युत् ०.७६ प्रतिशत, इन्सुरेन्स ०.८४ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशते कमी आएको छ ।

लगानीकर्ता फाइनान्स समूहतर्फ आकर्षित भएपछि उक्त समूह ४.८३ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.१६ प्रतिशतले बढेको छ । रासस

प्रकाशित: २० असार २०७३ १२:१४ सोमबार

सेयर बजार साेमबार अाेरालै अंकले घट्याे