अर्थ

ग्लोबल बैंकको ५२ औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा ६ पोखरेबगरमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले बेनी शाखाको मातहत रहने गरी सो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने भएको छ।

मुलुकका सतहत्तरै जिल्लामा बैंकको शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ। 

प्रकाशित: ८ पुस २०७९ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App