अर्थ

वर्ल्डलिंकलाई ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’

वर्ल्डलिंक कम्युनिकेसनले ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड-२०२२’ बाट सम्मानित भएको छ। कम्पनीले सर्भिस इनोभेसनः इन होम कनेक्टिभिटी विधाअन्तर्गतको अवार्ड प्राप्त गरेको हो।

सेवामा नवप्रवर्तन ल्याउन सफल भएको तथा हिमाल बरफ तथा हिउँ, खोला एवम् वनयजन्तु जस्ता प्रतिकुल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकाले कम्पनीलाई यस अवार्ड दिएको जनाएको छ। नोकियाका अनुसार वर्ल्डलिंकले होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वल्र्डलिंकलाई विजेताको रूपमा चयन गरिएको हो।

नोकियाले सिंगापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित: ८ पुस २०७९ ०२:०४ शुक्रबार

वर्ल्डलिंक कम्युनिकेसन ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड-२०२२’