अर्थ

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणपत्र ग्रहण गरेकी थिइन्। साफाले कार्यक्रममा विभिन्न १६ वटा विधामा अवार्ड प्रदान गरेको थियो।

दक्षिण एसियाली देशहरूबाट प्रस्तुत वार्षिक प्रतिवेदनहरूलाई सो संस्थाको समितिले मुल्यांकन गरी अवार्डका लागि छनोट गर्ने गरेको हो। बैंकले अपनाउदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिईदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ। 

प्रकाशित: ७ पुस २०७९ ०३:४९ बिहीबार

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित