अर्थ

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री बडू

फाइल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन। 

बुधवार नेपाल टेड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन।  पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको मन्त्री बडूले बताए। सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको पनि उनले जानकारी दिए। मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे। मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे। 

प्रकाशित: ६ पुस २०७९ १४:०४ बुधबार

मन्त्री बडू