अर्थ

एनसेलद्वारा विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

एनसेल आजियटाले आइतबार विश्वकप फुटबलको फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ।

अन्नपूर्ण होटलमा भएको उक्त विशेष लाइभ स्क्रिनिङमा १९०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको कम्पनीले बताएको छ।

एनसेलको ५९९ रूपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए। मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा खेलको प्रत्यक्ष प्रसारण पूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुति रहेको थियो। 

प्रकाशित: ६ पुस २०७९ ०२:५९ बुधबार

एनसेल आजियटा विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना