अर्थ

बाग्लुङमा डिश होमको चौर्धौ सेवा केन्द्र स्थापना

बाग्लुङ– डिश होमले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा बाग्लुङमा चौधौँ सेवा केन्द्र स्थापना गरेको छ। उक्त स्थापना केन्द्रको डिश होमका नायब प्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।

सेवा केन्द्रहरुबाट ग्राहकले हार्डवेयर र अन्य सर्भिस सम्बन्धी सम्पूर्ण समस्याको साथै रिचार्ज तथा सिग्नल सम्बन्धी समस्याको समाधान सहज र सरल रुपमा पाउने कम्पनीले जनाएको छ। आफ्ना प्राविधिक घरमै पुगेर सेवा दिने पनि कम्पनीले जनाएको छ।स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र सेवा प्रदायक डिश होमले विगत ५ वर्षदेखि नेपालभर ग्राहाकमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

यस अघि डिश होमले काठमाडौँसहित पोखरा, चितवन, विराटनगर ,नेपालगन्ज, धनगढी, बुटबल, दाङ, लाहान  जनकपुर, चरिकोट र महेन्द्रनगरमा सेवा केन्द्र स्थापना गरी संचालन गर्दै आएको छ।कम्पनिले ग्राहाकहरुलाई छिटो र सुलभ रुपमा सेवा प्रदान गर्न सेवा केन्द्रको स्थापना गरेको पनि जनाएको छ ।

 

प्रकाशित: १६ असार २०७३ ०७:४९ बिहीबार

बाग्लुङमा डिश होमको चौर्धौ सेवा केन्द्र स्थापना