अर्थ

यात्रुको सुरक्षा मुख्य प्राथमिकता : टर्किस एयरलाइन्स

काठमाडौं— आराटुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती बम हमलापछि टर्किस एयरलाइन्सले आफ्ना यात्रुको सुरक्षा कम्पनीको मुख्य प्राथमिकता भएको जनाएको छ।

इस्तानबुलबाट बुधबार एक विज्ञप्ति निकाल्दै टर्किसले इस्तानबुलको आराटुक अन्तराष्ट्रिय विमानस्थलमा भएको हमलाको नजिकबाट अनुसन्धान तथा निरीक्षण गरिरहेको उल्लेख गरेको छ। ‘हामी सम्बध सबै अधिकारीहरुसँग सहकार्य गरिहेका छौं’, विज्ञप्तिमा भनिएको छ।

उसले आफ्ना विमान उडानको विषयमा यात्रुहरुसँय निरन्तर संवादमा रहेको र आवश्यकता अनुसार उनीहरुको जानकारीका लागि छिटै विज्ञप्ति जारी गर्ने जनाएको छ। सले आफ्नो उडानको जानकारी टर्किस  एयरलाइन्सको अफिसियल बेभसाइट तथा सामाजिक सञ्जालमा हेर्न सकिने जनाएको छ। 

इस्तानबुलस्थित आराटुक अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको आत्मघाती बम हमलामा ३६ जनाको मृत्यु भएको थियो। घटनामा १४७ जना घाइते भएका छन्। सो हमला आइएसले गरेको हुनसक्ने अनुमान गरिएको छ।

 

प्रकाशित: १५ असार २०७३ ०९:०३ बुधबार

यात्रुको सुरक्षा मुख्य प्राथमिकता  टर्किस एयरलाइन्स