अर्थ

मुक्तिनाथ बैंक साफा अवार्डबाट सम्मानित

मुक्तिनाथ बैंक दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेष्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्डस–२०२१ बाट सम्मानित भएको छ। बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ द्वारा सम्मानित भएको हो।  

दक्षिण एसियन देशहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनहरूबाट साफाले गठन गरेको एक समितिले बैंकलाई पुरस्कार दिन सिफारिस गरेको हो। वित्तीय सेवा क्षेत्रमध्ये नेपालको यस बैंकले यो सम्मान प्राप्त गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो। यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीलाई थप ऊर्जा मिल्ने बैंकले जनाएको छ।

प्रकाशित: ५ पुस २०७९ ०३:१३ मंगलबार

मुक्तिनाथ बैंक