अर्थ

सानिमा बैंकको १८ औं साधारणसभा

सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।

पौडेलको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिद्वारा प्रस्ताव गरिए अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल १८ औं वार्षिक साधारणसभाबाट निर्वाचित भएका छन् ।

प्रकाशित: ४ पुस २०७९ ०२:४५ सोमबार

सानिमा बैंक १८ औं वार्षिक साधारणसभा सम्पन्न