अर्थ

प्राइम बैंकको सञ्चालकमा चित्रकार नियुक्त

प्राइम बैंकले प्रा.डा. तारादेबी चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ४५५ औं बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रा.डा. चित्रकार नेपाल विद्याभुषण ‘क’ बाट विभुषित व्यक्तित्व हुन्। पब्लिक युथ क्याम्पसमा लामो समयदेखि प्राध्यापन गरिरहेका चित्रकारले व्यवस्थापन विषयमा उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी छन्। उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत उनी सक्रिय छन्। 

प्रकाशित: ४ पुस २०७९ ०२:३२ सोमबार

प्राइम बैंक प्राडा तारादेबी चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति नेपाल विद्याभुषण ‘क’ बाट विभुषित व्यक्तित्व