अर्थ

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ।  

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो। शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी तालिम बारेमा जानकारी गराइएको छ। तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने बताए। सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढी रहेको भन्दै उनले  उद्यमी महिलालाई दिइने तालिम महत्त्वपूर्ण भएको जानकारी दिए। विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकतामा दिनुपर्ने स्पष्ट पारे।  

तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन। तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ पुस २०७९ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App