अर्थ

इटहरी इन्टरनेसनल कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

इटहरी इन्टरनेसनल कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ।

समारोहमा स्नातक तह अन्तर्गत बिएससी (अर्नस) कम्प्युटिङ। बिए (अनर्स) बिजनेस प्रशासनका २२७ विद्यार्थी सहभागी भएका थिए। समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तहमा १३ र बिएससी (अनर्स) कम्प्युटिङ तर्फ २१४ विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका छन्। वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ। यसका साथै सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रावृत्ति उपलब्ध गराउने भएको छ।

प्रकाशित: १ पुस २०७९ ०२:४२ शुक्रबार

इटहरी इन्टरनेसनल कलेज विद्यार्थीको दीक्षान्त समारोह