अर्थ

साताको अन्तिम दिन पनि नेप्से परिसूचकमा गिरावट

साताको अन्तिम  दिन पनि नेप्से परिसूचकमा गिरावट आएको छ।गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर१८८२.६० बिन्दुमा झरेको हो ।त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छभने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ ।बिहीवार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।.बिहीवार नेप्सेपरिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ ।.

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्तउपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ। त्यस्तै जलविद्युत जीवन बीमा,उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबारभएको छ।जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयरसकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।त्यस्तै,माउण्टेन इनर्जीकोशेयरमूल्य साढे७प्रतिशत बढेको छ।तर यतापिपुल्स हाइड्रोपावरकोशेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ।आज नेपालक्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरकोसंस्थापक शेयरको कारोबार भएको छ। 

प्रकाशित: २९ मंसिर २०७९ ११:१६ बिहीबार

१३.८३ बिन्दुले बढ्यो नेप्से