अर्थ

सामसङद्वारा इनोभेसन क्याम्पस उद्घाटन

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयको प्रमुख सुङ जुन पार्क, राजदूत पार्म चोङ सुकले संयुक्त रूपमा गरेका हुन्।

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोगमिङ र इन्टरनेट अफ थिङ्स लगायतका प्रविधिक सीपहरूमा तालिम दिने जनाएको छ।

यसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तक ईकोसिस्टमको विकासमा योगदान पुरयाउने तथा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गर्ने कम्पनीको विश्वास छ।

कार्यक्रममा सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयको प्रमुख पार्कले ईनोभेसन क्याम्पस मार्फत नेपालका युवाहरूको सिप वृद्धि गर्ने र उनीहरूको जीवनमा सकरात्मक प्रभाव पार्ने बताए।

प्रकाशित: २९ मंसिर २०७९ ०२:५३ बिहीबार

ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन