अर्थ

सोनाममा ७० प्रतिशतसम्म छुट

सोनामले आफ्नो उत्पादनमा ७० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ। वार्षिक विन्टर सेल अफरअन्तर्गत कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार सो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ। साथै यसको नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागु गरेको जनाएको छ। कम्पनीमा हाल महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ पोसाक, टेन्ट, व्यागलगायत उत्पादन छन्।

प्रकाशित: २९ मंसिर २०७९ ०१:५९ बिहीबार

वार्षिक विन्टर सेल अफर सोनाममा ७० प्रतिशतसम्म छुट