अर्थ

आइएमई डिजिटलका सिइओमा प्रवीण रेग्मी

आइएमई डिजिटल सोलुसनको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव रहेको छ।

पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दक्खल भएका रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक दुवै तालिम लिइसकेको बताएका छन्।  

प्रकाशित: २८ मंसिर २०७९ ०२:५५ बुधबार

आइएमई डिजिटल सिइओमा प्रवीण रेग्मी