अर्थ

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मीले भवन निर्माणको औपचारिक शिलान्यास गरेकी छन्।

कम्पनीले करिब ३५ करोडको लगानीमा ७ तले अत्याधुनिक व्यापारिक भवन निर्माण गर्न लागेको जनाएको छ। नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवनमा सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुने तथा भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरू समेत सञ्चालन गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले भवन निर्माणपछि नेपालगञ्ज देशकै व्यापारिक हव बन्न सहयोग पुग्ने विश्वास लिएको छ।

प्रकाशित: २८ मंसिर २०७९ ०२:४६ बुधबार

नेशनल लाइफ इन्स्योरेन्स अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण