अर्थ

विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलोपटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो। सम्झौता अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुने भएको छ भने कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ।

आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ। सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्समा काम गरिरहेको छ। आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङ्गले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा समेत काम गरिरहेको बताए। 

प्रकाशित: २६ मंसिर २०७९ ०२:१४ सोमबार

आरभिआई ग्रुप इस्लिङट्न कलेज