अर्थ

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो। सभाबाट विशेष प्रस्तावको रूपमा पेश गरिएको बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गरिएको छ।

सभामा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न, भत्ता र सुविधा लगायतका सम्बन्धमा व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको छ।

प्रकाशित: २६ मंसिर २०७९ ०२:०५ सोमबार

कुमारी बैंकको साधारणसभा सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा