अर्थ

टुबोर्ग ओपन २०२२ को प्रस्तुति: ‘खोलौं रमेर’ मा १० मिलियन प्लस भ्युज

नेपालकै सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको सम्बन्ध सुमधुर रहँदै आएको छ। टुबोर्गले निरन्तर संगीत क्षेत्र उत्थानका लागि काम गर्दै आएको छ। टुबोर्ग ओपेन अभियानअन्तर्गत टुबोर्गले विगत पाँच वर्षदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई समेट्दै आएको छ।

टुबोर्गले भारत, चीन, टर्की, सर्बियाका साथै अन्य देशमा पनि टुबोर्ग ओपन अभियान सञ्चालन गर्दै आएको छ। यो अभियान टुबोर्ग उत्पादन फैलिएका देशहरूमा छैटौंपटक हुँदै छ भने नेपालमा पाँचौंपटक हुँदै छ।

टुबोर्ग ओपनको हरेक वर्ष एउटा फरक थिम हुन्छ। यो वर्षको थिम भने ‘टेक द स्टेज’ रहेको छ। यसमा विश्वविख्यात कलाकारले उदाउँदा स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई राम्रो गीत कसरी बनाउने र सांगीतिक उद्योगमा सफल कलाकार हुने भन्ने विषयमा मार्गदर्शन दिँदै आएका छन्।

यस वर्ष लोकप्रिय अमेरिकी संगीतकर्मी जेसन डेरुलोको सहभागिता हुने छ। उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक। उक्त मेन्टरिङ सत्र केही समयअघि अमेरिकाको लस एन्जलसमा भएको थियो, जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाएका थिए। यस वर्षको टुबोर्ग ओपनका लागि भेकले डेरुलोबाट पाएको निर्देशन तथा सुझाव प्रयोग गरी ‘खोलौं रमेर’ नामक गीत बनाएका छन्, जसले युट्युबमा १० मिलियन भ्युज पार गरिसकेको छ। भेक भन्छन्, ‘मेरो गीत ‘खोलौं रमेर’ ले धेरै माया पाएको छ। यसमा म एकदम खुसी छु। यसका लागि सम्पूर्ण फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु। यसले गीत संगीतका माध्यमबाट फ्यानहरूलाई थप मनोरञ्जन प्रदान गर्न प्रेरित गरेको छ। टुबोर्गलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई यस्तो सुअवसर दिएको छ।’

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्छन्, ‘लामो समयदेखि टुबोर्ग र नेपाली संगीतको सम्बन्ध गहिरो र सुमधुर छ। सोही उद्देश्यलाई निरन्तरता दिँदै टुबोर्ग ओपनले सफल अन्तर्राष्ट्रिय कलाकार र उदीयमान कलाकारसँग सहकार्य गर्न उचित प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। यस वर्षको गीत ‘खोलौं रमेर’ ले दर्शकबाट अति माया पाएकोमा हामी हर्षित छौं।’

प्रकाशित: २६ मंसिर २०७९ ०१:४७ सोमबार

टुबोर्ग