अर्थ

इभी नेपाल मोटर्सको नयाँ सोरुम

इभी नेपाल मोटर्सले नयाँ सोरुम सञ्चालन गरेको छ। कम्पनीले काठमाडौंको नक्सालमा उक्त नयाँ सोरुम उद्घाटन गरेको हो।

लामो समयदेखि टु ह्विलर्स बिक्रीवितरण गर्दै आएको कम्पनीले फोर ह्विलर्सबाट ग्राहकलाई अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य राखेर सोरुम सञ्चालन गरेको छ। कम्पनीले हाल वुलिङ मोटर्सअन्तर्गत पिटी एसजी एमडब्लु मोटर इण्डोनेसियाको लागि उक्त सोरुम सञ्चालन गर्नुका साथै इन्डोनेसियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जि मोटर्सको पनि लगानी रहेको वुलिङ एयर इभी कार लञ्च गरेको छ।

नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राहकहरूको माया र सन्तुष्टिले यहाँसम्म आइपुग्न र नयाँ सोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ।  

प्रकाशित: २३ मंसिर २०७९ ०१:५३ शुक्रबार

इभी नेपाल मोटर्स नयाँ सोरुम