सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई धितोपत्रबोर्डले स्वीकृति प्रदान गरेको छ।
योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।
सनराइज क्यापिटलले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको जनाएको छ।
प्रकाशित: २२ मंसिर २०७९ ०२:५२ बिहीबार