अर्थ

रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले २००, ५०० र १००० रूपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो।

कम्पनीका अनुसार २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० रूपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी १००० रूपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनसस्वरूप प्राप्त हुने कम्पनीले जनाएको छ।

यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ। अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।  

प्रकाशित: २१ मंसिर २०७९ ०१:३३ बुधबार

नेपाल टेलिकम रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा