अर्थ

धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धक सम्बन्धी सम्झौता

विन नेपाल लघुवित्तले एफपीओ निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  

संस्थाको प्रतिशेयर मूल्य एक सय रूपैयाँ दरका ५१ हजार २ सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक गरिने भएको हो।  

नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल एसबिआई मर्चेण्ट एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रकाशित: २० मंसिर २०७९ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App