अर्थ

सुनको मूल्य प्रतितोला रु ९९ हजार ९ सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ।  

हिजो प्रतितोला रु ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार ९ सय पुगेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो।      

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु १ हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०५:४२ सोमबार

सुनचाँदी