अर्थ

एमएडब्लू र ओमेगा बीच सहकार्य हुँदै

नेपालका अटोमोबाइल वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल र विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक ओमेगा सेकी मोबिलिटी (ओएसएम) औपचारिक सहकार्य गर्ने चरणमा प्रवेश गरेका छन्।  नेपालमा थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम) ल्याउन दुई कम्पनीबीच सहकार्य भएको हो।

ओएसएम रेजप्लस तीनपाङ्ग्रे विद्युतीय कार्गो सवारी साधन हो र यसमा १०.८ किलोवाट आवर ब्याट्री जडान गरिएको छ भने ओएसएम स्ट्रिम ८.५ किलोवाट आवर पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो। कम्पनीका अनुसार दुवै गाडीलाई सार्मथ्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ।

रेजप्लस र स्ट्रिमका बारेमा बोल्दै एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकरियाले बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा हुने दाबी गरेका छन्।

प्रकाशित: १९ मंसिर २०७९ ०२:५२ सोमबार

एमएडब्लू र ओमेगा बीच सहकार्य हुँदै औपचारिक सहकार्य गर्ने चरणमा प्रवेश