अर्थ

नेप्से परिसूचक झिनो अंकले वृद्धि

साताको तेस्रो दिन सोमबार शेयरबजारको नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ। मंगलबार २.९९ अंकले वृद्धि भएर शेयरबजार नेप्से परिसूचक १९५३.३५ बिन्दुमा पुगेको छ। मंगलबारको शेयरबजार निकै उतारचढावपूर्ण रह्यो। कारोबार सुरु हुँदा सामान्य अंकले वृद्धि भएको शेयरबजार १२ बजेको समयमा १९३४.८४ अंकमा झरेको थियो।

त्यसैगरी दिउँसोको दुई बजेतिर नेप्से परिसूचक १९५७.३२ बिन्दुमा पुगेको थियो। मंगलबार शेयर कारोबार बन्द हुने बेला फेरि घटेर १९५३.३५ बिन्दुमा झरेको थियो। २५ लाख ८९ हजार ९ सय ९७ कित्ताको शेयर किनबेच हुँदा मंगलबार ९५ करोड ७० लाख ६० हजार २ सय २५ रूपैयाँको शेयर कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

नेप्सेका अनुसार सेन्सेटिभ सूचक ०.०८ अंकले बढेको छ भने फ्लोट परिसूचक ०.३५ अंकले बढेकोे छ। यसैगरी सेन्सेटिभ फ्लोट ०.२१ अंकले बढेको छ। सेयर बजारका १३ वटै उपसूचकमध्ये मंगलबार ६ वटा उपसूचकहरू घटे भने सातवटा उपसूचक वृद्धि भएका छन्। मंगलबार निर्जीवन बिमातर्फको सूचक १४.६० अंक, ट्रेडिङतर्फ १४.९० अंकले घटेको थियो।

त्यसैगरी मंगलबार वृद्धि हुनेमा माइक्रोफाइनान्सतर्फ २५.३० अंक, जीवन बिमातर्फ ३०.८९ अंक र विकास बैंकतर्फ २८.१५ अंकले वृद्धि भएको थियो। सबैभन्दा धेरै बढ्ने कम्पनीमा मंगलबार धौवलागिरी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै बढ्यो। सो कम्पनीको शेयर ६.१० एनआईसी एसिया व्यालेन्स फण्डको शेयर घटेको थियो। सो कम्पनीको शेयर ४.६० प्रतिशतले घटेको थियो।साताको पहिलो दिन आइतबार शेयर बजारमा ३२.४३ अंकले उछाल आएको थियो। सोमबारको शेयर बजार बन्द हुँदा १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा झरेको छ। 

प्रकाशित: १४ मंसिर २०७९ ०२:३० बुधबार

नेप्से परिसूचक झिनो अंकले वृद्धि