अर्थ

‘वित्तीय स्थायित्व कायम गर्न सक्दैन’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ। संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ। ‘मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत सम्बोधन हुने चेम्बरको अपेक्षा थियो,’ सोमबार चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन।’

०.४ प्रतिशत घटाइएको स्प्रेड दरले आगामी दिनमा व्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदरलाई घटाउने सम्भावना भने न्यून रहेको चेम्बरले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ। मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०२:५७ मंगलबार

नेपाल राष्ट्र बैँक