अर्थ

नेपाल बैंक चौराहा शाखाको उद्घाटन

नेपाल बैंकले रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका ९ स्थित चौराहामा नयाँ शाखा उद्घाटन गरेको छ।

बैकको सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति जनाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष ज्ञवालीले बताए।

यस्तै नगर प्रमुख पाण्डेले नाफा मात्रै नहेरी व्यवसायीलाई समस्या नपर्ने गरी सहयात्रीको रूपमा बैंकले काम गर्नुपर्ने बताए ।

प्रकाशित: १२ मंसिर २०७९ ०२:३६ सोमबार

नेपाल बैंक चौराहा शाखाको उद्घाटन बैकको सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली