अर्थ

‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेता घोषणा

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ।

विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। यसै गरी कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको छ।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपिल मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यमा सहभागी गराउने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ।

हजारौं ग्राहकमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का विजेता घोषणा भएका छन्। दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ।

त्यसैगरी कम्पनीले ‘रोड टु फिफा वल्र्ड कप– २०२२ फाइनल’ का विजेताको पनि छनोट गरेको छ। अभियानमा आफ्नो नाम रजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरूमध्ये नयाँ पालबहादुर पाण्डे विजेता बनेका कम्पनीले जनाएको छ। विजेताको रूपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ ०२:१९ सोमबार

‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल