अर्थ

नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।

आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आइतबार २ अर्ब माथि भएको हो।  

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ। वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ।  

आइतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयरमूल्य ८.२१ प्रतिशत बढेको छ। त्यस्तै,जीवन विकास लघुवित्तको शेयरमूल्य करिव साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार हिमालयन डिष्टिलरीकम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।  

प्रकाशित: ११ मंसिर २०७९ १०:३२ आइतबार

नेप्से