अर्थ

सेन्साईको विश्वकप च्याम्पियन अफर

सेन्साईले विश्वकप फुटबललाई लक्षित गरी ‘विश्वकप च्याम्पियन अफर’ योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत ग्राहकले सेन्साई टेलिभिजनको खरिदमा ३०,१०० सम्मको नगद छुट प्राप्त गर्ने तथा १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेब ओएस् टेलिभिजन पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस् एम एस् गर्नुपर्ने छ। यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरि लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७९ ०४:४९ शुक्रबार

सेन्साईले विश्वकप फुटबल ‘विश्वकप च्याम्पियन अफर’