अर्थ

नेपाल लाइफको २२ औं साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द लालको अध्यक्षतामा वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो।

कार्यक्रममा सञ्चालक समितिका तर्फबाट अध्यक्ष गोविन्द लालबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको थियो। यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आ.व.२०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरिएको छ।

त्यसैगरी साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने १ अर्ब २९ करोड रूपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

प्रकाशित: ९ मंसिर २०७९ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App