अर्थ

एनसेलको नयाँ प्रिपेड योजना

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड योजना ल्याएको छ। नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान ल्याएको कम्पनीले जनाएको छ। ग्राहकले सजिलो प्याक करसहित ९७ रूपैयाँमा सहयात्री ९८ रूपैयाँमा र सही यो प्लान ९९ रूपैयाँमा लिन सक्नेछन्। ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रूपमा यी प्लान सुरु गर्न सक्ने तथा सम्पूर्ण प्याक मसिर ४ देखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०२:५० बुधबार

एनसेल