अर्थ

दुईवर्ष पछि राष्ट्रिय औद्योगिक व्यापार मेला

मेला मंसिर १६ देखि २५ सम्म

मेलाबारे शुक्रबार जानकारी दिँदै आयोजक। तस्बिरः नागरिक

कोरोनाको त्रासले छेकेको औद्योगिक व्यापार मेलालाई यही मंसिरको मध्यसातामा आयोजना गर्ने जमर्कोमा पोखरा उद्योग वाणिज्य संघ जुटेको छ। पोखरा उद्योग वाणिज्य संघले कोरोनाले थलिएको व्यापार व्यवसायलाई केहीहदसम्म राहत हुने अपेक्षा सहित मंसिर १६ देखि २५ गतेसम्म औद्योगिक व्यापार मेलाको आयोजना गर्ने अन्तिम तयारीमा जुटेको हो।  

पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघले कोरोनाकालमा दुई वर्ष व्यापार मेलालाई स्थगित गर्यो। सबै क्षेत्र ठप्प प्राय रहदाँ व्यापार व्यवसाय समेत प्रभावित हुन पुग्यो। त्यही प्रभावित व्यवसायलाई फेरी उकास्ने प्रयासस्वरुप औद्योगिक व्यापार मेला आयोजनाको जमर्को गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए।  

नेपालको निजी क्षेत्रको इतिहासमै पहिलो पटक संस्थागत रुपमा मेला र महोत्सव आयोजनाको परम्परा शुरु गरेपछि त्यसको अन्य संघहरुले पनि अनुशरण गरेका छन्। २०४२ सालको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा २०५२ सालमा आयोजित पोखरा महोत्सवपछि नै देशभर उद्योग वाणिज्य संघहरुले मेला र महोत्सव आयोजना गर्न थालेका थिए। पोखरा उद्योग वाणिज्य संघको वार्षिक कार्यक्रम भएपनि कोरोनाकै कारण राष्ट्रिय औद्योगिक व्यापार मेलाका २ संस्करणहरु सम्भव नभएको समेत संघले उल्लेख गरेको छ।  

कोभिडको त्रास हटेको छ। जनजीवन लयमा फर्के पनि उद्योग/व्यवसायले गति समाइसकेको अबस्था  छैन। निजी क्षेत्रको विकासको लागि निजी क्षेत्रनै अग्रसर हुनुपर्ने मन्यतासहित पोखरा उद्योग वाणिज्य संघले मंसिरको दोस्रो सातामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रजापतिले प्रष्टाए।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिसष्ठत ब्यबसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमा ‘लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्घोषसहित आयोजना हुन लागेको मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमितिका सभापति नरेन्द्रकुमार प्रधानको  संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य  संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको छ।  

स्टल बुकिङ तीव्र गतिमा अघि बढेको छ। डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहनेछन्। मेलाको तयारी प्रक्रियागत रुपले अघि बढिरहेको छ। पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले  मेलाको आयोजना गरिएको हो। लगानीको सम्वद्र्धनः उद्योग ब्यवसायको प्रवद्र्धन  भन्ने नारा अनुरुप नै मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यमा  समर्पित रहेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।  

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन्। मेलाको थप आकर्षणतर्फ  सांस्कृतिक कार्यक्रम पनि समावेश छ। टिकट काटेका दर्शकको निशुल्क स्वास्थ्य परीक्षण पनि मेलामै गर्न पाइने अध्यक्ष प्रजापतिले बताए।

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा छुटको उपलब्ध गराईने छ। मेलाबाट अनुमानित आम्दानी १ करोडमा अनुमानित खर्च ८५ लाख अनुमान छ। १५  लाख बचतको आशा संघले गरेको छ । मेला आयोजनाबाट बचत भएको रकम  उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने उद्योग वाणिज्य संघले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App