प्रवास

बेलायतमा बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति

दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन्। 

बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्राे प्रस्तुति दिए। दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे। कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे।

शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो। कार्यक्रममा सहभागी स्थानिय आस्था भट्राईले हांस्यकलाकारको प्रस्तुती निकै मौलिक र व्यवहारिक भएको प्रतिक्रिया दिइन् । ठाउँको ठाउँ मानिसहरुलाई रोष्ट गर्न सक्ने बल्छि ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन्।

यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए। उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए। तेस्तै स्थानीय कलाकार पूर्णमान बज्राचार्यले 'तिमी पारि त्यो गाउंमा' र 'ढुंगे साँगुको मेलामा' बोलका चर्चित गएर मनोरन्जन दिलाए। 

संस्थाका महासचिव एवं व्यवसायी कृष्ण लुइंटेलले संचालन गरेको कार्यक्रमा बालकलाकार आमोद ढकालले 'वर्षमा दिनमा' बोलको दशैं गीत गएर सांगीतिक माहोललाई अघि बढाएका थिए। यसैगरी ज्योति प्रधान, सोनिसा भट्टराई, युक्रेश कोइराला, सान्वी पाण्डे, साहसी भट्टराई, आदिती पाण्डे, पल्पसा बज्राचार्य, सायुज धिताल, नोयल पौडेल र ओजस्वी पौडेलले विभिन्न खालका नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १९ आश्विन २०७९ ०८:५६ बुधबार

बेलायत