प्रवास

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको दशौं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त लालमणि पौडेलले आफ्नो कार्यव्यस्तताले सो पदबाट राजीनामा दिएपछि  बन्जरालाई नियुक्त गरिएको हो।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरूप पन्तले नयाँ आयुक्त तोकेका हुन्।

गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अस्ट्रेलियन कम्पनी भेरोमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ। संघको नयाँ नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:०६ सोमबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल बार एसोशियनका केन्द्रीय सदस्य पदबाट राजीनामा