प्रवास

सेसेल्स सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपालीको सहयोग

सेसेल्स सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सले सहयोग गरेको छ। अफ़्रिकी मुलुक सेसेल्स सरकारको कोरना राहत कोषमा दुई लाख चालिस हजार रुपैयाँ सहयोग गरिएको हो। सहयोग रकम स्वास्थ्य विभागकी उपनिर्देशक क्याथलिन सेसीललाई हस्तान्तरण गरिएको थियो। उक्त समारोहमा सेसेल्सका स्वास्थ्यमन्त्री पेग्गी भिगेडको समेत उपस्थिति रहेको थियो।  

बिशेष समारोहमा एनआरएनए एनसीसीकातर्फबाट अध्यक्ष रामप्रसाद पन्त , मनोज बि.क. र रोजमेरी राईले चेक हस्तान्तरण गरेका थिए। पूर्वी अफ्रिका स्थित सयौँ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उधोगकका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन्। कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफुहरु खुशी भएको अध्यक्ष पन्तले जानकारी दिए। कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई आभार ब्यक्त गरेकी थिइन्।

 

प्रकाशित: १४ फाल्गुन २०७७ ११:५० शुक्रबार

कोरोना भाइरस