प्रवास

कतारमा ६ हजार ९ सय भन्दा बढी नेपालीलाई कोरोना संक्रमण

गैरआवासीय नेपाली संघका अनुसार कतारमा मात्र ६ हजार ९ सय ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संघले आज जारी गरेको तथ्याङकमा सबै भन्दाबढी कतारमा रहेका नेपालीमा देखिएको हो। 

संघको स्वास्थ्य समितिका अनुसार अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५,  युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्ट्रेलिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङकङ २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ।  

संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपाली संक्रमण मुक्त भएका छन्। संघका अनुसार विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:१७ आइतबार

कोभिड १९ कोरोनाभाइरस