प्रवास

व्यवसायी उत्तम नेपालको एकल सहयोगमा विद्यालय भवन निमार्ण

लण्डन - बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन्। बेलायतमा सन् १९९१ देखि व्यवसाय गर्दै आएका व्यवसासी उत्तम नेपालले धादिङको कल्लेरीस्थित सरस्वती उच्च माध्यामिक विद्यालयको भवन निर्माण गरिदिएका हुन्।

१६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा अत्याधुनिक विद्यालय भवन निर्माण गरिएको नेपालले जानकारी दिए।'नेपालमा भूकम्प गएको बेला केही गर्छु भनेको थिएँ। धेरै ठूलो सहयोग गर्न नसके पनि साना बालबालिकाको उज्ज्वल भविष्यको लागि सानो सहयोग गाउँमा गरेको छु', नेपालले भने।

हाल ३ सय ८० जना विद्यार्थीको अट्ने क्षमता भएको विद्यालय भवन अबदेखि ५ सय भन्दा बढी क्षमताको भएको छ।
नयाँ विद्यालय भवनको उद्घाटन आगामी तीन महिनाभित्र गर्ने तयारी विद्यालय प्रशासनले गरेको छ। विदेशमा बसेर दुःख गरेर जम्मा गरेको सानो हिस्सा आफ्नो मातृभूमिको लागि सहयोग गर्न पाउँदा खुसी लागेको नेपालले प्रतिक्रिया दिए।

प्रकाशित: १९ माघ २०७६ ०७:३० आइतबार

सहयोग विद्यालय_भवन